काठमाडौं, सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज (मंगलबार)अन्तिम दिन रहेको छ ।
फण्डले लाभांश वितरण गर्ने प्रायेजनका लागि भोलि भदौ १६ गते, एक दिन बुकक्लोज गर्ने घोषणा गरेको छ । त्यसैले, आज भदौ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।
सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७७/०७८ का लागि ५० प्रतिशतका दरले हुन आउने ४३ करोड बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया