क्रमशः कोरोना संक्रमण दर घट्दो, मृतकको संख्या भने ५ देखि १० जना सम्म

४ बर्ष अगाडि

काठमाडौं, पछिल्ला केही दिनयताबाट प्रदेश १ का जिल्लामा क्रमशः कोरोना संक्रमण दर घटेको छ । प्रदेशका ६ जिल्लामा कोरोना संक्रमितको संख्या १० भन्दा कममा झरेको छ ।

तर संक्रमणको दर घटे पनि मृत्युदर भने अहिले पनि उच्च दरमा नै देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १४ जिल्ला मध्ये पहाडी तथा हिमाली जिल्लाहरु खोटाङ, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ र ओखलढुंगामा संक्रमणको दर १० भन्दा तल झरेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार खोटाङमा ६ जना, सोलुखुम्बुमा १ जना, संखुवासभामा १ जना, तेह्रथुममा पाँच जना, ताप्लेजुङमा ४ जना र ओखलढुंगा संक्रमणमुक्त जिल्ला रहेको छ ।
 
तराईका तिन जिल्ला मध्ये सबै भन्दा बढी झापामा १ हजार ८४९ जना संक्रमित रहेका छन् । त्यसपछि मोरङमा १ हजार ६४० र सुनसरीमा १ हजार ३७ जना संक्रमित रहेका छन् ।

अन्य, बाँकी जिल्लामा पाँच जिल्ला उदयपुर,भोजपुर,इलाम,पाँचथर,र धनकुटामा १ हजार ५ सय मुनिको संख्यामा संक्रमित रहेका छन् ।

प्रदेशका विभिन्न सरकारी तथा नीजि स्तरमा सञ्चालित ३१ कोभिड अस्पतालमा ३ सय ८६ जना उपचाररत छन् । जसमा भेन्टिलेटरमा ४० जना आइसियुमा ९६ जना,आइसोलेशन बेडमा ३७ जना एचडियुमा १ सय ७३ र जेनेरल बेडमा ८९० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यसबाहेक होम आइसोलेसन र संस्थागत आइसोलेसनमा ८९ जना रहेका छन् । 

मन्त्रालयका अनुसार प्रदेश १ मा कुल सक्रिय संक्रमित ४ हजार ७७८ जना रहेको छ ।

यस प्रदेशमा अहिले पनि संक्रमितका कारण दैनिक पाँच जना माथिको संख्यामा मृत्युदर रहेको छ । यो संख्या कहिलेकाही १० जनासम्म पुग्ने गरेको छ।

मन्त्रालयका तथ्याङ्क अनुसार भाद्र १४ गते अर्थात सोमबारमात्र प्रदेश १ मा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । त्यसैगरी भाद्र १३ गते ६ जना, भाद्र १२ गते सात जना भाद्र ११ गते ६ जना र भाद्र १० गते ९ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा दोश्रो कोरोना कालदेखि हालसम्म १ हजार १०७ जनाको मृत्यु भएको छ भने पहिलो कोरोना कालमा ६ सय ४४ को मृत्यु भएको थियो । प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म १ हजार ७५१ जनाको मृत्यु भएको छ ।   

४ बर्ष अगाडि

प्रतिक्रिया