इजरायल रोजगारीका लागि लिखित परिक्षा भदौ २८ गते हुने, १० हजार आवेदन

४ बर्ष अगाडि

काठमाडौं, इजरायलमा वैदेशिक रोजगारीका लागि जाने कामदारका लागि लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । 

इजरायलका लागि आवेदनमा रित पुगेका दरखास्तवालाहरुको प्रक्रिया पूरा भएको परिक्षा भदौ २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायलको रोजगारी पनि सरकारी तवरबाट नै कोटा निर्धारण गरिएर इजरायली भाषा हिब्रोको परिक्षा लिएर मात्र इजरायलले कामदार लिने गरेको छ । इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन दिएको विभागले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया