काठमाडौं - हालसम्म देशभर ५३ लाख १७ हजार बढीले कोरोना विरुद्धको पहिलो मात्रामा खोप लगाइसकेका छन् । जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुक भर ५३ लाख १७ हजार ४८३ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् भने ४३ लाख ९६ हजार ४०२ जनाले पूर्ण रुपमा कोरोना विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटले यस्तो देखाएको हो ।
हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जेन्सोन एण्ड जेन्सोन, अस्ट्राजेनिका खोप प्रयोगमा आईसकेका छन् । यी खोपहरु मध्ये पछिल्लो ७२ घण्टामा अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्रा १३ हजार २११ जनाले लगाएका छन् भने दोस्रो मात्राको खोप ३९ हजार ६७५ जनाले लगाएका हुन् ।
यस्तै, सोही अवधीसम्म भेरोसेलको पहिलो मात्रा लगाउने २ लाख ४० हजार ७५० तथा दोस्रो मात्रा लगाउने ३ लाख ७४६ जना रहेका छन् । यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको संख्या ३ हजार २१६ रहेको छ ।
देशभर अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्राको खोप लगाउनेको संख्या २० लाख ६४ हजार २८८ रहेको छ भने दोस्रो मात्राको खोप लगाउने १० लाख ९९ हजार ४५३ रहेको छ ।
यस्तै, भेरोसेलको पहिलो मात्राको खोप लगाउनेको कुल संख्या ३२ लाख ५३ हजार १९५ तथा दोस्रो मात्रा लगाउनेको संख्या १९ लाख ४५ हजार ९८४ रहेको छ ।
यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको कुल संख्या १३ लाख ५० हजार ९६५ रहेको छ ।
प्रतिक्रिया