काठमाडाैं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ८१ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ सय ९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया