काठमाडौं, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । कम्पनीको आईपीओमा ईसेवाबाट पनि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया