पछिल्लो २४ घण्टामा २२ सय ९५ जनामा संक्रमण पुष्टि, १८ सय बढी कोरोना मुक्त र कति ज्यान गुमाए ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर २ हजार २९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १८०८ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १६ हजार २३३ जनामा परीक्षण भएको थियो । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ७३० पुगेको छ । 

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्यामध्ये ७ लाख १४ हजार ५२० जना निको भएका छन् । 

हाल देशभर ३५ हजार ८९४ जना सक्रिय संक्रमित रहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया