म्यान्चेस्टर युनाइटेड फर्किएको रोनाल्डोको पोस्टले तोड्यो रेकर्ड, खेलकुदको फोटोमा भने मेस्सी अगाडि

४ बर्ष अगाडि

काठमाडौं, पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेड क्लबमा फर्किएको घोषणा गरेको पोस्टले समाचार तयार पार्दासम्म १ करोड २९ लाख बढी लाइक पाइसकेको छ ।

योसँगै म्यान्चेस्टर युनाइटेडको इन्सटाग्राम पोस्टले कुनै पनि खेलकुदको टोलीले पाएको सबैभन्दा धेरै लाइक पाउने कीर्तिमान बनेको छ । यसअघि पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सी क्लबमा आबद्ध भएको घोषणा गरेको पोस्टले ७८ लाख १९ हजार बढी लाइक पाएको थियो ।

तर, सबैभन्दा चर्चित खेलकुदको फोटोको कीर्तिमान भने लियोनेल मेस्सीको नाममा रहेको छ । मेस्सीले सन् २०२१ को जुलाईमा कोपा अमेरिकाको ट्रफीसँग खिचेको पोस्ट गर्दा २ करोड १९ लाख ३५ हजार बढी लाइक पाएको थियो ।

दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डोले म्याराडोनाको सम्झनामा पोस्ट गरेको फोटो रहेको छ । सन् २०२० को नोभेम्बर २५ मा पोस्ट गरिएको फोटोले १।९८ करोड लाइक बटुलेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया