बुद्ध एयरको कार्गो सेवामा थप विस्तार, काठमाडौं, भैरहवा, पोखरामा घरबाटै कार्गो बुझिलिने र डेलिभरि गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं - निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले सञ्चालन गरिरहेको कार्गो सेवालाई थप विस्तार गर्दै उपाय सिटी कार्गोसँग सम्झौता गरेको छ ।

बुद्ध एयरले शुरुवातदेखि नै कार्गो सेवा प्रदान गरिरहेको यस सेवालाई थप विस्तारका लागि उपायडटकमसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार सुरुआतमा काठमाडौं, भैरहवा, पोखरा गरी तीन शहरहरुमा घरबाटै कार्गो बुझिलिने र डेलिभरि सेवा दिनेछन् । कार्गो सेवा सुरक्षितका साथै संक्रमण रहित हुने बुद्ध एयरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

कार्गो सेवा उपायडटकमको मोबोइल एपमा उपलब्ध छ । कार्गोका लागि के कति शुल्क लाग्ने हो कम्पनीको कल सेन्टर मार्फत र मोबाइल एप मार्फत जानकारी पाइने बुद्ध एयरले बताएको छ । मोबाइल एपबाट सजिलै कार्गो संकलनका लागि बोलाउन सकिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया