नेप्सेमा ४६ अर्ब ७४ करोडको बोनस शेयर सूचीकृत, ६१ अर्ब ६७ करोड बराबरको निष्काशन अनुमति

४ बर्ष अगाडि

काठमाडौं, २०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २८८३.४ पुगेको छ ।

२०७८ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४०१० अर्ब ९६ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु. १७९२ अर्ब ७६ करोड रहेको थियो ।

२०७८ असारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या
२१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीकोहिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.९ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ असारसम्ममा सूचीकृत ५ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य रु.५७३ अर्ब
२४ करोड रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा रु. २ खर्ब ८४ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, रु.४६ अर्ब ७४ करोड बराबरको बोनस शेयर, रु.४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, रु.१८ अर्ब ५५ करोड बराबरको डिबेन्चर, रु.६ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड र रु.५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.४ खर्ब ०४ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२३ अर्ब ४ करोड बराबरको डिबेन्चर, रु.१५ अर्ब १८ करोड बराबरको
साधारण शेयर, रु.१४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर र रु.९ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल
रु.६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया