२३ वर्षपछि शिव र गौरी फेरी एकसाथ

४ बर्ष अगाडि

काठमाडौं, शिव र गौरीले पछिल्लो पटक एकसाथ काम गरेको फिल्म ‘धर्मसंकट’ (२०५५) रिलिज भएकै २३ वर्ष भएको छ । यो अवधिमा नेपाली फिल्मले प्रविधिमा मात्र फड्को मारेन, शिव र गौरीको भूमिकामा पनि परिवर्तन आएको छ । करिअरको उत्कर्षमा हुँदा फिल्ममा आफैं नायक(नायिका भएर अभिनय गर्ने गरेका उनीहरु पछिल्लो समय आमा(बुबाको भूमिकामा देखिन थालेका छन् । 
 
‘धर्मसंकट’ रिलिजको २३ वर्षपछि शिव र गौरीले शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको बर पीपल’ मा एकसाथ काम गरेका छन् । यसमा उनीहरु अभिनेता सलोन बस्नेतको माता(पिता बनेका छन् । अहिले चित्लाङ क्षेत्रमा छायांकन भइरहेको फिल्ममा भुवन केसी, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी लगायतको पनि अभिनय छ ।
 
आइतवार गौरी मल्लले फेसबुकमा शिव श्रेष्ठसँग फिल्मको लुक्समा खिचेको एक तस्बिर पोस्ट गर्दै ‘अन्तराल’ भनेर लेखेकी छन् । तस्बिरमा दुवैको कपाल सेताम्मे फुलेको देख्न सकिन्छ । समय र उमेरसँगै कलाकारले पर्दामा बाँच्ने जीवन पनि परिवर्तन हुँदै जान्छ भन्ने यो तस्बिरले बुझाउँछ ।   

४ बर्ष अगाडि

प्रतिक्रिया