काठमाडौं - नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा युवा नेता गगन थापाले पार्टीको महामन्त्री पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन् । आज काठमाडौंमा कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
आफ्नो दाबेदारीका आधार आफ्ना अग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेको उनले बताए । आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेद्वारी घोषणा गरेको नेता थापाको भनाइ थियो ।
नेता थापाले पार्टीभित्रको प्रतिस्पर्धामा आफुलाई सहयोग गर्नसमेत आग्रह गरेका छन् ।
प्रतिक्रिया