सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ २०.४८ रुपैयाँ, कति कम्पनीको सेयरमा लगानी ?

४ बर्ष अगाडि

काठमाडौं, सनराइज फर्स्ट म्युचुअल फण्डले साउन मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ८५ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो महिनाको भन्दा ५ करोड ७३ लाख ७४ हजार रुपैयाँ थोरै हो । असार सम्ममा यस फण्डले सूचीकृत सेयरमा ७९ करोड ४८ लाख रुपैयाँ लगानी गरेको थियो । 
 
यसअवधिमा फण्डले ५१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । फण्डमा नबिलको ५५ हजार ९९६ कित्ता सेयरमा ८ करोड ४४ लाख ८ हजार ३७० रुपैयाँ लगानी रहेको छ । साउन मसान्तसम्म आइपुग्दा यसको प्रतिइकाई खुद मूल्य (न्याभ) १ रुपैयाँ २७ पैसाले बढेर २० रुपैयाँ ४८ पैसा पुगेको छ ।
 
असारमा यसको न्याभ १९ रुपैयाँ २१ पैसा थियो । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात भने ५३ करोड ३० लाख रुपैयाँबाट बढेर ५६ करोड २० लाख रुपैयाँ कामय भएको छ । यसको मुद्दति निक्षेपमा ११ करोड रुपैयाँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया