काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन प्रहरी संगठनले इमान्दार भएर प्रयन्त जारी राखेको बताएका छन् ।
प्रहरी संगठनले उपलब्ध सबैखालको विज्ञता प्रयोग गरेर अनुसन्धान जारी राखेको भन्दै उनले दोषीलाई कानुनी कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
प्रहरीको अनुसन्धानप्रति विस्वस्त हुन आग्रह गर्दै उनले पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्ति जतिसुकै शक्तिशाली भएपनि कारबाहीको दायरमा ल्याइछाड्ने बताए ।
बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्मला पन्तको बलात्कार र हत्याका सम्बन्धमा प्रहरीले इमान्दारीताका साथ अनुसन्धान गरिरहेको छ । गलत जसले गरेको छ त्यो जतिसुकै शक्तिशाली भएपनि समातिन्छ । प्रहरी माथि शंका नगर्नुस् ।’
जति ठूलो अपराधी भएपनि समातिन्छन् ।
उनले आईजीपीका लागि एउटा गाडी किनेको जानकारी दिँदै त्यो आफ्नो शोखका लागि नभई प्रहरी आवश्यकताको आधारमा खरिद गरिएको जानकारी दिए ।
‘ १२ वर्षदेखि आईजीपीका लागि नयाँ गाडी खरिद गरिएको थिएन । भएको गाडीमा समस्या देखिएपछि नयाँ खरिद गरिएको हो’ खनालले भने, ‘अहिलेसम्म कुनैपनि सरकारी सम्पत्ति दुरुपयोग गरेको छैन। मैले आफ्नो छोरीलाई समेत प्रहरीको गाडी चढ्न दिएको छैन ।’ࢍ
आफूले प्रहरी संगठनभित्र सुधारको पहल गरिरहेको भन्दै उनले सबैबाट सहयोगको अपेक्षा लिएको पनि बताए ।
सो क्रममासभा सम्मेलनका लागि १६ करोडको भवन निर्माण गरिएको, संगठनको कामको लागि १६ वटा गाडी खरिद गरिएको, विभिन्न सुरक्षाका सामग्री खरिद गरिएको लगायतका जानकारी आईजीपी खनालले दिए ।
यस्तै प्रहरीलाई फिल्डमा परिचालन गर्न ३४० वटा मोटरसाइकल खरिदको प्रक्रिया अघि बढाइएको पनि खनालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिक्रिया