दुबईको एक कम्पनीमा भारी सङ्ख्यामा नेपाली कामदारको माग, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - दुबईको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दुबाई सहरमा रहेको al tanmyah servicces (l.l.c.)कम्पनीले क्लिनरका लागि १३० जना पुरुष र ७८ महिला गरि जम्मा २०८ नेपाली कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

कामदारले तलब खान बस्ने सहित २८ हजार माथि पाउनेछन् । इच्छुक कामदारले सपोर्ट ह्युमन रिसोर्सेज प्रा. लि. को कार्यालय सिनामंगल काठमाडौंमा भदौ २१ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क  र स्वदेशमा हुने बिमा खर्च र कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै मेडिकल खर्च, भिसा शुल्क, हवाई टिकट र विदेशमा हुने बिमा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया