ज्ञानेन्द्र र ओली गए पनि कुर्सीको खेल जारी नै रहेको छ, खाडी पस्ने युवाहरूको लर्को जारी छ : बाबुराम भट्टराई

४ बर्ष अगाडि

काठमाडौं - पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अझैपनि कुर्सीको खेल जारी रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

ज्ञानेन्द्र र ओली गए पनि कुर्सीको खेल जारी नै रहेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । जसपा नेपालका नेता समेत रहेका भट्टराईले ट्विट गर्दै अहिले पनि भारत तथा खाडी पस्ने युवाहरूको लर्को रहेको तथा कमिसनखोरको खेलो नसकिएको भन्दै चिन्ता जनाएका छन् ।

यि सबै कुराको अन्त्यका लागि बैकल्पिक शक्तिको आवश्यकता भट्टराईले औल्याएका छन् ।छिमेकीको हैकम, जयसिंह धामीको बेपत्ता, छाउपडी, छोइछिटो र मधेसी, थारू, जनजातिको पहिचानको खोजी बैकल्पिक शक्तिले मात्रै गर्न सक्ने उनको भनाइ छ ।

उनले लेखेका छन्, 'ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ ! भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ ! कमिसनखोरको खेलो जारी छ ! छिमेकीको हैकम जारी छ ! जयसिंह धामीको वेपत्ता जारी छ ! छाउपडी जारी छ ! छोइछिटो जारी छ ! मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ ! श्रमिकको चुलो खाली छ ! अत: वैकल्पिक शक्तिको खोजी जारी छ !'

४ बर्ष अगाडि

प्रतिक्रिया