एजेन्सी - काबुल विमानस्थलमा आक्रमणको तयारी गरिरहेको एक सवारी साधनमा अमेरिकाले ड्रोन आक्रमण गरेको छ । विमानस्थल नजिकै इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट के सम्बद्ध एउटा सवारी साधनमाथि अमेरिकी सेनाले आक्रमण गरेको हो ।
आक्रमणमा दुई जनाको मृत्यु भएको बताइएको छ । केही समयअघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुनः हमला हुन सक्ने चेतावनी दिएका थिए । विमानस्थलमा आक्रमण गर्ने लक्ष्य राखेको आत्मघाती बमधारी विरुद्ध ड्रोन आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ ।
सेनाले ड्रोन आक्रमणले विमानस्थलमाथि रहेको खतरा समाप्त पारेको जनाएको छ । पछिल्लो आक्रमण काबुल विमास्थलमा आक्रमण गर्नेहरुविरुद्ध लक्षित रहेको अमेरिकी सेनाले स्पष्ट पारेको छ ।
गत बिहीबार इस्लामिक स्टेट के ले गरेको आक्रमणमा १३ अमेरिकी सैनिक सहित १ सय ७० भन्दा बढीको मृत्यु भएको थियो । सो आक्रमणको विरुद्धमा अमेरिकी सेनाले पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । आक्रमणमा आईएसकेका दुई जना सदस्य मारिएको बताएको थियो ।
प्रतिक्रिया