काठमाडौं - सिद्धार्थ राजमार्ग अन्तरगत राम्दीमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ ।स्याङ्जाको गल्याङ नगरपालिका वडा नं।१ राम्दीमा आइतबार बेलुका करिब ५ बजेतिर खसेको पहिरोले दुई घर पुर्दा होटमा खाजा खान पसेको व्यक्तिको मृत्यु भएको स्थानीयले बताएका छन् ।
स्थानीय शिवहरी अमात्यका अनुसार शान्ती होटलमा खाजा खादै गरेका एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको पनि स्थानीयले बताएका छन् । राम्दीका दिपेन्द्र श्रेष्ठ र लक्ष्मी श्रेष्ठको घर पहिरोले पुरेको हो ।
होटल सञ्चालक गरिएको घर पुरिएपछि होटलकाका संचालक अन्दाजी ४० वर्षीय लक्ष्मी श्रेष्ठ र सोही होटलमा कामगर्ने कान्छा भनिने अन्दाजी २० युवक घाइते भएका छन् ।
यस्तै मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ ।
सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । आगामी दशैँसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ ।
निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् । आइतबारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पु¥याएको थियो । बाढीले वितण्डा मच्चाएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ ।
नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । गत शुुक्रबारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् ।
अहिले खेतीयोग्य सयौँ रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आज बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुङगे पुलमा १५ क्षति भएको छ ।
प्रतिक्रिया