काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका तीन जना सचिवहरुले एकीकृत कार्यप्रणालीमार्फत जिम्मेवारी सम्पादन गर्न निर्देशन दिएका छन् ।
मन्त्री शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई स्वागत गर्दै यस्तो निर्देशन दिएका हुन् ।
उनले वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समुचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरूबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
शर्माले यसअघि नै राजश्व वृद्धि, भन्सार, सार्वजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयका योजनाहरु यथाशक्य चाँडो पेश गर्न समेत निर्देशन दिए ।
अर्थमा दुई जना सचिवले कार्यभार सम्हालेसँगै मन्त्रालयको उच्च पदस्थ अधिकारीहरुको नयाँ टिमले पूर्णता समेत भएको छ । यसैगरी, अर्थसचिव मधु कुमार मरासिनीले अर्थतन्त्रका सूचकहरुमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरुले काम गरेको ठहर्ने भएकोले सोही अनुसार खटिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया