मेस्सीको डेब्यु खेलमा २० हजार दर्शकको उपस्थिति, एम्बाप्पको २ गोलमा पीएसजी शीर्ष स्थानमा

४ बर्ष अगाडि

एजेन्सी - अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट डेब्यु गरेका छन् । गएराति रिम्ससँग भएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् ।

रिम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा ३० नम्बरको जर्सीमा उनी मैदान प्रवेश गरेका हुन् । मेस्सीले आफ्नो व्यावसायिक खेल जीवनमा बार्सिलोना बाहेक अर्को टिमबाट पहिलो पटक खेलेका हुन् ।

मैदानमा मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट बिक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । मेस्सी नेइमारको ठाउँमा मैदान प्रवेश गरेका हुन् ।

खेलमा दोस्रो खेल पनि मैदान पस्दा दर्शकहरु मेस्सीको प्रतिक्षामा थिए । खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको छ ।  पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे ।

खेलको १६ औं मिनेटमा एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । उनले एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । ६३ औं मिनेटमा एम्बाप्पले दोस्रो गोल गरे । हाकिमीको पासमा गोल गरेका हुन् । जितसहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

रेइम्स मात्र ३ अंकसहित रेलिगेशन जोनभन्दा एक स्थानमाथि छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया