इंग्लिस प्रिमियर लिग : टोटनह्याम शीर्ष स्थानमा पुग्दा म्यानचेस्टर युनाइटेडको कीर्तिमान

४ बर्ष अगाडि

एजेन्सी - इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । उसले घरेलु टोली उल्भ्समाथि १-० को साँघुरो जित हात पारेको हो ।

खेलको ८० औँ मिनेटमा मासोन ग्रिनउडले गरेको एक मात्र गोल युनाइटेडको जितमा निर्णायक बन्यो । जितसँगै युनाइटेड ३ खेलबाट ७ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा लगातार उल्भ्स तेस्रो हार बेहोर्दै बिना अंक १८ औँ स्थानमा छ ।

योसँगै अबे मैदानमा युनाइटेडको अपराजित यात्रा २८ खेलसम्म पुगेको छ । जुन प्रिमियर लिग इतिहासमा सबैभन्दा लामो हो । युनाइटेडले पछिल्लोपटक सन् २०२० को जनवरीमा १९ मा लिभरपुलको घरेलु मैदानमा २-० को पराजय बेहोरेको थियो । त्यसयताका २८ अबे खेलमा युनाइटेड १८ खेलमा विजयी हुँदा १० खेल बराबरीमा सकिएको छ । 

युनाइटेडले आर्सनलको कीर्तिमान तोडेको हो । उसले सन् २००३ को अप्रिल देखि २००४ को सेप्टेम्बरसम्ममा २७ खेलसम्म अबे मैदानमा अपराजित यात्रा तय गरेको थियो ।

यसैगरी अर्को खोलमा टोटनह्यामले वाटफोर्डमाथि १-० गोल अन्तरको जित दर्ता गरेको थियो । यो जितसँगै टोटनह्यामले लागतार तीन खेलमा शतप्रतिशत नतिजाका साथ आफूलाई शीर्ष स्थानमा राखेको छ ।

उसको ९ अंक रहेको छ । टोटनह्यामलाई जिताउनका लागि सन हियुङ मिनले ४२ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णाय बन्न पुग्यो । पराजित भएको वाटाफोर्ड भने ३ खेलबाट ३ अंक जोड्दै १२ औं स्थानमा रहेको छ ।

यसैगरी बर्नले र लिड्स युनाइटेडले भने एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएका छन् । वर्नलेका लागि क्रिस वुडले ६१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ८६ औं मिनेटमा पिक बाम फोर्डले बराबरी गोल गरेपछि र्बनले स्पष्ट तीन अंक लिनबाट चुकेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया