एजेन्सी - स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि जित निकालेको छ । क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले गेटाफेमाथि २-० गोलअन्तरले जित निकालेको हो ।
बार्सिलोनाको जितमा खेलको दोस्रो मिनेटमै जोर्डी अल्बाको पासमा सर्जि रोबर्टोले गोल गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा फ्रान्क डी जोङको पासमा मेम्फिस डिपेले गोल गरेका थिए ।
खेलको १८ औं मिनेटमा गेटाफेका सान्ड्रो रमिरेजले गोल फर्काएका थिए । गोलमा पहिलो हाफमै बार्सिलोना २-१ ले अघि रह्यो । दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा बार्सिलोनाले खेल आफ्नो पक्षमा पार्यो ।
साथै गएराति नै सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिड र भिल्ला रियल २-२ को बराबरीमा रोकिएको छ । स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा भिल्ला रियलले साविक विजेतासमेत रहेको घरेलु टोलीसँग अंक बाँडेको हो ।
गएराति नै सम्पन्न अन्य खेलहरुमा ओसासुनाले काडिजलाई ३-२ गोलअन्तरले हराउँदा रायो भाल्लेकानोले ग्रानडामाथि ४-० को जित निकाल्यो ।
प्रतिक्रिया