ओली सरकार अब ६ महिना पनि टिक्दैन: खड्गबहादुर विश्वकर्मा

७ बर्ष अगाडि

बुटवल– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ओली सरकार अब ६ महिना पनि नटिक्ने दावी गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठनले आज  बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा बोल्दै ओली सरकारलाई गिराउनको लागि पार्टी भित्रैबाट चलखेल शुरु भएको बताए । उनले भनेर्,  अरु कसैका कारणले नभई आफ्नै पार्टीका नेताहरुका कारण प्रधानमन्त्री ओलीलाई ५–६ महिना पनि टिक्न ग्राहै छ, त्यसै प्रचण्ड २ पटक भारत पुगेका छन् ।’

प्रचण्ड दुई पटकसम्म भारत गएको पत्नी सिताको उपचारका लागि नभइ आफू प्रधानमन्त्री बन्न सहयोग माग्न गएको उनले दावी गरे ।

सरकारमा नजाँदासम्म ओली राष्ट्रवादी देखिए पनि सरकारमा गएपछि भारतसँगका असमान सन्धि (सम्झौताबिरुद्ध) बोल्नुको साटो तिनलाई कार्यान्वयन गर्ने कुरा गरेको विश्वकर्माले आरोप लगाए ।
उनले इतिहासकै बलियो जनसमर्थनको सरकार बनियो भनियो तर आफ्नै पार्टी भित्रका नेताहरुका कारण ओलीलाई यो सरकार ५–६ महिना पनि टिकाउन हैरानी भएको छ । प्रकाण्डले अहिलेको सरकार र सरकारका मन्त्रीहरु विगतको भन्दा झनै बढी भ्रष्टाचारी भएको बताए ।

उनले भने, ‘विगतमा काँग्रेसका मन्त्रीहरुले लाख करोडमा भ्रष्टाचार गर्थे अहिले कम्युनिष्ट पार्टीका मन्त्रीहरुले अरबौमा भ्रष्टाचार गरिरहेका छन्, यसले कम्युनिष्ट पार्टीकै वितृष्णा जगाएको छ ।’

शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्ड बिग्रिएको आरोप लगाउँदै उनले दिनभरी मान्छेसँग भेट गर्ने र साँझ परेपछि राति अबेलासम्म रक्सी खाँदै बस्ने गरेको आरोप लगाए । रक्सीको नसामा लागेर प्रचण्डले पुस्तक पढ्न छाडेको समेत उनले आरोप लगाए । प्रचण्डका यस्तै बानीका कारण पनि पार्टी विभाजन भएको उनको तर्क थियो । 

विश्वकर्माले वार्ताको लागि सरकारले औपचारिक रुपमा आव्हान नगरेको समेत बताए । 
सरकारले विभिन्न समूहहरुसँग वार्ता गर्ने भनी वार्ता टोली गठन गरेको मिडियामा थाहा पाएपनि आफ्नो दल कुनै समूह नभएको र आफ्नो दलसँग सरकारले वार्ता गर्न चाहेको हो या होइन भन्ने प्रष्ट नभएको उनले बताए ।
पूर्वमन्त्री समेत रहेका विश्वकर्माले भने, ‘हामी वार्ता विरोधी त हैनौं तर सरकारले अफिसियल्ली हामीसँग वार्ताका लागि केही गरेको छैन ।’ सरकारले गठन गरेको वार्ता टोली अधिकारसम्पन्न नभएको पनि उनले टिप्पणी गरे । 

७ बर्ष अगाडि

प्रतिक्रिया