तेह्रथुम पावरको आइपीओमा ३ अर्ब बढीको आवेदन,माग भन्दा ४२ गुणा बढी हुदाँ २३ लाख २१ हजारको हात खाली !

४ बर्ष अगाडि

काठमाडौं- तेह्रथुम पावर कम्पनीको आइपीओमा  ३ अर्ब १२ करोड बढीको आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज अन्तिम दिनसम्ममा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४२ गुणा बढी हो । 

बिक्री प्रबन्धकका अनुसार यो अन्तिम तथ्यांक भने नभएको जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ । 
 
सर्वसाधारणलाई बिक्री गरिएको ७ लाख ४४ हजार कित्तालाई आधार मान्दा ७४ हजार ४०० हजार आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ भने २३ लाख २१ हजार ९४८ जनाको हात खाली रहनेछ ।
 

कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता  म्युचुअल फन्डलाई र २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया