हालसम्म देशभर ५० लाख ६३ हजार बढीले लगाए कोरोना विरुद्धको पहिलो मात्राको खोप, पूर्ण मात्रा सहित कुन प्रदेशमा कतिले लगाए खोप ?

४ बर्ष अगाडि

काठमाडौं, हालसम्म देशभर ५० लाख ६३ हजार बढीले कोरोना विरुद्धको पहिलो मात्रामा खोप लगाइसकेका छन् । जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुक भर ५० लाख ६३ हजार ५२२ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् भने ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण रुपमा कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जेन्सोन एण्ड जेन्सोन, अस्ट्राजेनिका खोप प्रयोगमा आईसकेका छन् । यी खोपहरु मध्ये प्रदेश १ मा अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्रा लगाउनको संख्या ३ लाख १४ हजार १ सय १७ तथा दोस्रो मात्रा लगाउनेको संख्या ६१ हजार २ सय ९ रहेको छ ।

यसैगरी भेरोसेलको पहिलो मात्रा लगाउने ३ लाख ५६ हजार २ सय ९४ तथा दोस्रो मात्रा लगाउनको संख्या ७५ हजार १ सय १८ छ । यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको संख्या १ लाख ९० हजार ३ सय ३७ रहेको छ ।

त्यस्तै प्रदेश २ को तथ्यांक हेर्दा कोभिसिल्ड र अष्ट्राजेनिका खोप लगाउनेको संख्या ३ लाख २२ हजार ९ सय ११ तथा दोस्रो मात्रा लगाउनको संख्या ४६ हजार ३ सय ५८ छ । भेरोसेलको पहिलो मात्र लगाउनको संख्या ३ लाख २४ हजार ६ सय ५६ तथा दोश्रो मात्रा लगाउनको संख्या ७८ हजार ४ सय ९७ रहेको छ । यसैगरी जोन्सोन एण्ड जोन्सोन खोप लगाउनको संख्या २ लाख ७० हजार ४९ रहेको छ ।

बागमती प्रदेशमा कोभिसिल्ड र अष्ट्राजेनिकाको पहिलो मात्रा खोप लगाउने ५ लाख ५७ हजार ९ सय २० तथा दास्रो मात्रा लगाउने ३ लाख ६२ हजार २ सय २६ रहेको छ । यसैगरी बागमती प्रदेशमा भेरोसेलको पहिलो मात्रा लगाउनको संख्या १२ लाख ८७ हजार ९ सय १६ तथा दास्रो मात्रा लगाउनेको संख्या ८ लाख ५७ २ सय ४७ छ । साथै जोन्सोन एण्ड जोनसोन खोप लगाउनेको संख्या ३ लाख ३६ हजार १ सय ४५ रहेको छ ।

गण्डकी प्रदेशमा कोभिसिल्ड र अष्ट्राजेनिकाको पहिलो मात्रा खोप लगाउने २ लाख ८ हजार ७७७ तथा दास्रो मात्रा लगाउने १ लाख ४० हजार ८७७ रहेको छ । यसैगरी गण्डकी प्रदेशमा भेरोसेलको पहिलो मात्रा लगाउनको संख्या २ लाख ७२ हजार ७ सय ९६ तथा दास्रो मात्रा लगाउनेको संख्या १ लाख ८३ हजार २३४ रहेको छ । साथै जोन्सोन एण्ड जोनसोन खोप लगाउनेको संख्या १ लाख २ हजार ९८३ रहेको छ ।

यो स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने देशभर कोभिसिल्डको पहिलो मात्रा लगाउनको संख्या २० लाख ५१ हजार ७७ तथा दोस्रो मात्रा लगाउनको संख्या १० लाख ५९ हजार ७ सय ७८ छ । यसैगरी देशभर भेरोसेलको पहिलो मात्रा लगाउने ३० लाख १२ हजार ४ सय ४५ तथा दास्रो मात्रा लगाउने १६ लाख ४५ हजार २ सय ३८ रहेको छ ।

त्यस्तै जोन्सोन एण्ड जोन्सोन खोप लगाउनेको संख्या कुल १३ लाख ४७ हजार ७ सय ४९ रहेको छ । सरकारले चैत मसान्त सम्म सबै नागरिकलाई खोप लगाई सक्ने लक्षय समेत राखेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया