आइतबार संक्रमितको संख्या घट्यो, २४ जनाको मृत्यु हुदाँ कतिले जिते कोरोना ?

४ बर्ष अगाडि

काठमाडौ, पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२६० जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १० हजार २९७ जनामा परीक्षण भएको थियो । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ७१४ पुगेको छ । 

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्यामध्ये ७ लाख १२ हजार ७१२ जना निको भएका छन् । 

हाल देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया