काठमाडौं, शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत २ अर्ब ३४ करोड तिरेको बाँकी रहेको छ । हेटौंडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सो बराबरको रकम तिरेको छैन ।
डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ ।
सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।
सिमेन्टको अध्यक्षमा सुरेन्द्र कुमार गोयल रहेका छन् । यस्ता अन्य सञ्चालककहरुमा रोहित गुप्ता, रघुनन्दन मरु, सन्दिप कुमार सारदा, अमित मोर, अल्का गोयल रहेका छन् ।
प्रतिक्रिया