आइतबार यी ६ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको अन्तिम समयसम्म ६ कम्पनीको शेयरमुल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।  

नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्य रु. १ हजार १३७.४० र खानीखोला हाइड्रोपावरको शेयरमुल्य रु. ४३२.३० पुगेको छ ।

यस्तै, अरुण भ्याली हाइड्रोपावरको शेयरमुल्य ७.५६ प्रतिशत बढेर प्रतिकित्ताको मुल्य रु.७७५, जानकी फाइनान्सको शेयरमुल्य ६.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.७९६,सिभिल लघुवित्त वित्तिय संस्थाको ६.३० प्रतिशत र मानकामना स्मार्ट लघुवित्तको शेयरमुल्य ६.०९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४१४.५० पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया