१ लाख ६० हजार नगदसहित तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं ।  प्रहरीले गोकर्णेश्वर नगरपालिका ९ बाट तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका ९ भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका १ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामा तास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ३ सय ९० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । 

यस्तै, नवलपरासी (पूर्वंको मध्यबिन्दु नगरपालिका १३ मैनाघाट बस्ने बल बहादुर सारुको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय डोल बहादुर सारु लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद ५९ हजार ८ सय ९० रुपैयाँ र ३ बुक तास सहित प्रहरी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया