काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमा पुगेको छ । नेप्से १.५८ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.५७ अंकले घटेर ५६२.८८ विन्दुमा झरेको छ ।
कूल २२७ वटा कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५ सय ५ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये फाइनान्स बाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
आइतबार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ३२ रूपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ३७ रूपैयाँ ४० पैसा पुगेको छ ।
आइतबार रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार ४ सय ९५ रूपैयाँ ८० पैसामा झरेको छ ।
यस दिन अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया