काठमाडौं, सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । अविरल वर्षका कारणका निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव यस वर्षकै उच्च विन्दुमा पुगेको हो । सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ ।
कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारीरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया