भिन्न भिन्नै घटना : घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु, श्रीमतीद्धारा श्रीमानको हत्या

४ बर्ष अगाडि

काठमाडौं - अविरल वर्षाले घर भत्किँदा पाल्पामा आज बिहान १० वर्षीया बालिकाको मृत्यु भएको छ । 

तानसेन नगरपालिका–५ कैलाशनगरस्थित नारायण दर्जीको एक तले कच्ची घर भत्किँदा १० वर्षीया छोरी नैनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ढुंगा माटोले पुरिएको अवस्थामा उद्धार गरेर मिसन अस्पताल लगिएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

साथै तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीले आफ्नै पति ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेकी छन् ।

शनिबार राति करिब २ बजे घरायसी विवाद हुँदा देवीकुमारीले खिमलाललाई हँसिया र बाँसको लट्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । 

देवीकुमारीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया