काठमाडौं - नेकपा एमाले फुटेर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आइतवार बसेको संसदीय दलको बैठकले सर्बसम्मत नेपाललाई संसदीय दलको नेता चयन गरेको हो ।
त्यस्तै राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त पार्टीका प्रतिनिधिसभामा २३ सांसद छन् भने राष्ट्रियसभामा सात जना सांसद छन् ।
निर्णय गर्नुअघि दलको बैठकलाई सम्बोधन गर्दै नेपालले न्यायपूर्ण समाज निर्माण गर्ने अभियान पुरा गर्नका लागि एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको तर अहिले नै कुनै पार्टीसँग एकता भने नगर्ने स्पष्ट पारे ।
नेकपा एकीकृत समाजवादीका सांसदहरु
माधव कुमार नेपाल
झलनाथ खनाल
मुकुन्द न्यौपाने
कल्याणी कुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाक्री
निरादेवी जैरू
प्रेम बहादुर आले
मेटमणी चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पा कुमारी कर्ण कायस्थ
समिना हुसेन
कृष्णलाल महर्जन
कृष्ण कुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र के।सी।
धन बहादुर बुढा
गोपाल बहादुर बम
पार्वती कुमारी विशुंके
लक्ष्मी चौधरी
विना बुढाथोकी
बेदुराम भुसाल
शेर बहादुर कुँवर
ठगेन्द्र प्रकाश पुरी
उदया शर्मा ९पौड्याल०
सिंग बहादुर विश्रकर्मा
नन्दा चपाई
शान्ति कुमारी अधिकारी जिसी
प्रतिक्रिया