एन आई सी एशिया क्यापिटलको ४८ प्रतिशत लाभांश प्रस्ताव पारित

४ बर्ष अगाडि

काठमाडौं, एन आई सी एशिया क्यापिटलले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । क्यापिटलको भदौ १३ गते आइतबार सम्पन्न ५ औं वार्षिक साधारण सभाले  ४८ प्रतिशत (कर सहित)  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख रुपैंया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साधारण सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले स्थापनाको ५ बर्षको छोटो अवधि मा नै हाल सञ्चालनमा रहेका ३० मर्चेन्ट बैंकर्स मध्ये निक्षेप सदस्य तर्फ पहिलो, म्युचुअल फण्ड र लगानी व्यवस्थापनमा दोस्रो स्थानमा रहेको जानकारी दिए । क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत आ.व. २०७७/७८ को अन्त्य सम्ममा १० वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको एवं निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हाल सम्म ७ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको पनि ढकालले जानकारी दिए ।
.

४ बर्ष अगाडि

प्रतिक्रिया