राष्ट्र बैंकले ३ अर्ब १३ करोड ट्रेजरी बिल बिक्री गर्दै, बोलकबोल कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर १४ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज(आइतबार) दिउँसो ३ बजे बोलकबोल भएर पर्सी मंगलबार बिक्री हुनेछ ।


612b3375630fc.jpg

४ बर्ष अगाडि

प्रतिक्रिया