काठमाडौं - अहिले नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको भइरहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
आज दिउँसो देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी सम्भावना रहेको छ ।
आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै सबै प्रदेशका थोरै-थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।
प्रतिक्रिया