स्रोत नखुलेको ६ लाखसहित एक जना पक्रउ

४ बर्ष अगाडि

काठमाडौं - स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित एक जनालाई पक्रउ गरेको छ । 

प्रहरीले वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको रकम सहित सोही ठाउँ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको हो ।

भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.८ प १८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा शुक्रबार पक्रउ गरेको हो । तेली विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया