सिद्धार्थ इक्विटी फण्डको ३० प्रतिशत लाभांश बैंक खातामा जम्मा

४ बर्ष अगाडि

काठमाडौं, सिद्धार्थ इक्विटी फण्डले आफ्ना इकाईधनीलाई ३० प्रतिशत नगद लाभांश बैंक खातामा पठाइसकेको छ । फण्डले हालम्ममा डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल भदौ ९ गतेबाट पठाउन सुरु गरेको जनाएको छ । 

यस्तै, फण्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।
 
यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने सिद्धार्थ क्यापिटलले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया