अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सञ्चालकहरूले दिए राजिनामा

४ बर्ष अगाडि

काठमाडौं - अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक विदा परेकाले आजसम्म सम्म कायम सेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन् । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । 

कम्पनीको ११औं वार्षिक साधारण सभा भदौ २६ गते कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १स्१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै कम्पनीका सञ्चालकहरू मिलन खड्का र ईन्द्रमणि त्रितालले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनीहरूले दिएका राजिनामा कम्पनीको भदौ ११ गते अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया