एनआईसी एशिया सेलेक्ट-३० फण्डको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया सेकेक्ट–३० फण्डको इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेका अनुसार फण्डको १२ करोड ५० लाख इकाईहरू सूचिकृत भएको हो । 

फण्डलाई दोश्रो बजारमा कारोबार गर्न NICSF सिम्बोल प्रदान गरिएको छ । एनआईसी एशिया कयापिटलले असार १० गतेबाट असार १४ गतेसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’  नामक सामुहिक लगानी कोष बिक्री गरेको थियो ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको थियो । 

जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियो । 

तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १ अर्ब २५ करोड रूपैयाँ बनाइएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया