मेस्सीका लागि साथि पिकेले खरिद गरे लिग वान प्रसारण गर्ने अधिकार, आज पिएसजी र रेइम्स भिड्दै

४ बर्ष अगाडि

एजेन्सी – बार्सिलोनाका खेलाडी जेरार्ड पिकेको कम्पनी कोस्मोस होल्डिङले फ्रेन्च लिग वानको प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएको छ । मेसीले पिएजसीबाट डेब्यू गर्नु अघि नै लामो समयसम्म सँगै फुटबल खेलेका मेस्सीका साथी पिकेले लिग वान प्रसारण गर्ने अधिकार खरिद गरेका हुन् ।

मेसीले पिएजसीबाट आफ्नो पहिलो खेल खेल्ने बताइएको छ । खेलमा पिएजसीले रेइम्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १२ः३० बजे शुरु हुनेछ । यसअघि प्रशिक्षक माउरिसियो पोचेटिन्होले मेस्सीलाई यस खेलमार्फत डेब्यु गराउने संकेत गरेका थिए । तर मेस्सीले कति समय खेल्न पाउनेछन् र कुन पोजिसनबाट खेल्ने छन् भन्ने तय भइसकेको छैन । 

मेस्सी वैकल्पिक खेलाडीका रुपमा मैदान उत्रन सक्छन् । कोपा अमेरिका पछि लामो समय बिदामा बसेकाले सुरुवाती खेलमा ३० मिनेटमात्रै मैदानमा देखिन सक्छन् । पोचेटिन्होले मेस्सीलाई दाँयातर्फ, नेइमारलाई बायाँतर्फ र कालियन एमबाप्पेलाई सेन्टरबाट खेलाउने सम्भावना धेरै छ । माउरो इकार्डी अहिले घाइते छन् । त्यहीकारण मेस्सीले सेन्टर फरवार्डका रुपमा पनि खेल्नसक्छन् । 

खेल स्पेनमा क्ष्दबष् ीबिलयक च्यानलबाट बाट हेर्न सकिने छ । इएसपिएनका अनुसार स्पेनिस टेलिभिजन चयानल टेलिसिन्सोलाई मेसीको डेब्यू खेल प्रसारण गर्ने अधिकार छ । लिग वानको प्रसारण अधिकार यसअघि मोभिस्टारसँग थियो । पिकेको कम्पनी उसैसँग सहकार्य गरेर प्रत्यक्ष प्रसारणको लाइसेन्स लिन लागेको हो ।

बार्सिलोनामा २१ वर्ष बिताएका मेसी केही हप्ताअघि पिएसजीमा आबद्ध भएका थिए । बार्सिलोनाबाट उनको बाध्यात्मक बहिर्गमन भएको थियो । मेसी र पिएसजीका समर्थकहरु उनको पहिलो खेलको प्रतिक्षामा छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया