काठमाडौं - साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ११.६९ अंक बढेको छ ।
अघिल्लो कारोबार अर्थात गत बिहीबार १७.६० अंक बढेर ३०९४.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.६९ अंक बढेर ३१०५.७५ विन्दुमा पुगेको छ ।
आज प्रि-ओपन सेसनमा ३९ कम्पनीको शेयर खरिदबिक्री भएको छ । जसमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।
प्रतिक्रिया