अध्यक्ष पद दिन्छु भन्ने नेपाललाई योगेशको जवाफ : 'आफैंसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाउनुहोस्'

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै एकताबद्ध भएका दोस्रो पुस्ताका नेताहरूलाई आफ्नो पार्टीमा आए अध्यक्ष पद दिन तयार रहेको अभिव्यक्ति दिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् ।

नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा भनेका छन्, ‘राम्रो कुरा हो,स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’ नेपालले आफूलाई दोस्रो पुस्ताले धकेलेर पठाएको भन्दै पछाडि फर्केर हेर्दा कोही पनि नरहेको बताएका थिए । नेपालले दोस्रो पुस्ताले नै पार्टी विभाजनमा आफूलाई दबाब दिएको समेत बताएका छन् ।

नेता भट्टराई पनि एमालेमा लामो समय नेपाल समूहमा रहेका नेता हुन् । तर, अध्यक्ष केपी शर्मा ओलीसँगको मनमुटावका कारण नेता नेपालले एमाले विभाजन गरी नयाँ पार्टी खोले पनि भट्टराईसहित उनी पक्षका भनिएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत नेता एमालेमै रहेका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया