काठमाडौं - लिग वानअन्तर्गत आज पेरिस सेन्ट जर्माइन ९पिएसजी० र रेइम्स्बीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल मध्यराति १२ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ ।
मेस्सीले यस खेलमा सहभागिता जनाउन सक्नेछन् । यसअघि प्रशिक्षक माउरिसियो पोचेटिन्होले मेस्सीलाई यस खेलमार्फत डेब्यु गराउने संकेत गरेका थिए । तर मेस्सीले कति समय खेल्न पाउनेछन् र कुन पोजिसनबाट खेल्ने छन् भन्ने तय भइसकेको छैन ।
मेस्सी वैकल्पिक खेलाडीका रुपमा मैदान उत्रन सक्छन् । कोपा अमेरिका पछि लामो समय बिदामा बसेकाले सुरुवाती खेलमा ३० मिनेटमात्रै मैदानमा देखिन सक्छन् ।
पोचेटिन्होले मेस्सीलाई दाँयातर्फ, नेइमारलाई बायाँतर्फ र कालियन एमबाप्पेलाई सेन्टरबाट खेलाउने सम्भावना धेरै छ । माउरो इकार्डी अहिले घाइते छन् । त्यहीकारण मेस्सीले सेन्टर फरवार्डका रुपमा पनि खेल्नसक्छन् ।
प्रतिक्रिया