काठमाडौं - कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् । स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता संक्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।
तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन् । निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढेको बताइएको हो ।
अहिले जनस्वाथ्यका मापदण्ड लागू नगर्दा गत साउनदेखि उकालो लागेको कोरोनाभाइरस संक्रमणदर अहिले पनि जारी छ । गत साउन १ गते दुई हजार ९३६ मा कोरोनाभाइरस संक्रमण देखिएकोमा गत साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ जना संक्रमित पुगेका छन् । यस्तै हिजो (शुक्रबार) दुई हजार ६५, बिहीबार दुई हजार ४३३, बुधबार दुई हजार ४८२, मंगलबार दुई हजार ५२५ संक्रमण पुष्टि भएको छ ।
गत वर्ष निधेषाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण फैलिएको थियो । दोस्रो लहरमा मुलुकमा धेरै नै मानवीय क्षति भएको थियो । अहिले नेपालमा कोरोनाको डेल्टा भेरियन्ट संक्रमण आइरहेको छ ।
साँझ ८ बजेपछि एक समूह जोगियो
मन्त्रालयका प्रवक्ता डा. पौडेलले साँझ ८ बजेपछि होटेल रेस्टुरेन्ट बन्द गरेर एउटा समूह संक्रमणको जोखिमबाट जोगिएको उनको भनाइ छ । ‘रेस्टुरेन्टमा बसेर खाना, खाजा खानेले मास्क लगाउँदैनन्’, उनले भने, ‘तर साँझ ८ बजेपछि रेस्टुरेन्ट बन्द हुँदा एउटा समूह संक्रमणको जोखिमबाट जोगिएको छ ।’
प्रतिक्रिया