काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा भदौ ११ गते शुक्रबारसम्म २१ करोड ६९ लाख १२ हजार ३०० रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो ।
आईपीओ बिक्री खुला भएको ११ दिनमा ९ हजार ११२ जना आवेदकहरूबाट २१ लाख ६९ हजार १२३ कित्ताका लागि आवेदन माग भएको कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल लिमिटेडले जनाएको छ ।
जसमध्ये आयोजना प्रभावित ६७० वटा आवेदनबाट ४ लाख ४९ हजार ७४० कित्ताका लागि र ८ हजार ४४२ जना लमजुङ्गबासीहरुबाट १७ लाख १९ हजार ३८३ कित्ताको माग भएको छ । शुक्रबार मात्रै २ हजार ५५ वटा आवेदन मार्फत ५ करोड २५ लाख २३ हजार ३०० रुपेयाँ मूल्यका ५ लाख २५ हजार २३३ कित्ताको माग परेको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले लमजुङ जिल्लाका बासिनदाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । हालसम्म निष्काशित शेयरको १२०।५१ प्रतिशत शेयर ओभरसब्सक्राइब भएको छ । यद्यपी आयोजना प्रभावितको हकमा भने ८९।९५ प्रतिशत मात्र शेयर सब्सक्राइब भएको छ ।
कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं ३ ९ साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र तथा मस्र्याङ्दी गाउँपालिका वडा नं ६, ७ र ८ ९ साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्कासन गरेको हो ।
बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरेको हो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । यस्तै छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ ३० गतेसम्मा आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया