ताप्लेजुङका भरतमणि ‘कमेडी च्याम्पियन-२’ को फाइनलमा प्रवेश

४ बर्ष अगाडि

काठमाडौं - कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’ का प्रतियोगी भरतमणि पौडेल फाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको शोमा उनी पूर्वयुवराज पारस शाहको गेटअपमा देखिएका थिए । पारसको गेटअपमा प्रस्तुत भएका उनले जज र दर्शकको भरपुर मन जिते ।

उनले आफ्नो प्रस्तुतिका क्रममा राष्ट्रभक्ति वास्तविक हुनुपर्ने सन्देश दिए भने राजतन्त्र ढलेपछिको अवस्थाबारे पनि बुझाउने प्रयास गरेका थिए । 

प्रस्तुतिपछि सबै जजहरुबाट उनको प्रशंशा भएको थियो भने उत्कृष्ट प्रस्तुतिको आधारमा उनलाई सिधै अन्तिम ३ मा लगिएको हो । उत्कृष्ट ४ बाट उनी बिना भोटिङ सिधै फाइनलमा प्रवेश गरेका हुन् । बाँकी ३ प्रतिस्पर्धीबाट दुई जना भने भोटिङबाट फाइनालिस्ट छानिनेछन् । 

यसअघि नै भरमणिको पारस लुक्सको ट्रेलर सार्वजनिक भएपछि चारैतिर चर्चा पाइरहेको थियो भने  ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेल यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकको प्रिय बन्न सफल पौडेल उपाधिका दावेदार मानिन्छन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया