तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणहरुका लागि जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर ९आईपीओ० बिक्री खुल्ला गरेको हो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर ९आईपीओ० लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया