नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन् । अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्व छाड्न तयार रहेको घोषणा समेत गरे ।
आफ्नो पार्टी निकट पेसागत महासङ्घ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाई नगरेको पटकपटक दोहो¥याए । अध्यक्ष नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनी हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन रु पदको लडाई होइन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’
प्रतिक्रिया