'माधवले र मैले लड्डु खाइयो,त्यो लड्डुको स्वाद जान पाएको थिएन टाउकोमा घन हानीयो':  प्रचण्ड

४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग लडेर हाललाई विजय हासिल गरेको भएपनि रिल्याक्स मुड​मा भने हुन नहुने बताएका छन् । 

‘अहिले हामी विजयी मुडमा छौं, तर कहिलेकाहीँ के हुन्छ भने विजयी भयो भनेर रिल्याक्स गर्न थाल्दा रहेछौँ, कुन बेला घन हान्छन् पत्तो हुन्न’ पहिलो पटक ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर भएपछि माधव नेपालसँग मिलेर लड्डु खाएको प्रसंग स्मरण गर्दै प्रचण्डले भने, ‘पहिलो चोटी संसद पुनःस्थापना भएपछि माधवले र मैले लड्डु खाइयो। त्यो लड्डुको स्वाद जान पाएको थिएन दुईटा पार्टी भए । ड्याम्म फेरि टाउकोमा घन हानेजस्तो आइहाल्यो । बल्ल बल्ल त्यसलाई सम्याइयाछ, अब के आउने हो भन्नेमा पनि सर्तक हुनुपर्छ ।’

समाजवादी विचारमा स्पष्ट भएमा तथा प्रतिक्रान्तिलाई रोक्नेतर्फ इमान्दार भएमा जित निश्चित भएको प्रचण्डले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया